Sunday, January 19, 2020

Mero hridyako murtiharulai

मेरो हृदयको मुर्तिहरुलाई भत्काईदिनुहोस 
तिनीहरुको बेदिहरुलाई टुक्राईदिनुहोस
    तपाई मात्र मेरो दुल्हा मेरो आत्माको प्रेमी
    तपाई बाहेक अरु छैन मेरो आत्माको प्रेमी

मेरो शरीरको मोहहरुलाई हटाईदिनुहोस
तपाइको ठाउँ लिने सबैथोक मेटाईदिनुहोस
    तपाई मात्र मेरो दुल्हा मेरो आत्माको प्रेमी
    तपाई बाहेक अरु छैन मेरो आत्माको प्रेमी
येशु तपाइलाई मेरो हृदयको सारा भक्ति
(उचालिनुहोस सबभन्दा माथी)-२

मेरो हृदयको सिंहासनमा राज गर्नुहोस
मेरो जीवनको तपाई मालिक डोर्याउनुहोस्
  तपाई मात्र मेरो दुल्हा मेरो आत्माको प्रेमी
  तपाई बाहेक अरु छैन मेरो आत्माको प्रेमी

मेरो हृदयको मुर्तिहरुलाई भत्काईदिनुहोस 
तिनीहरुको बेदिहरुलाई टुक्राईदिनुहोस
    तपाई मात्र मेरो दुल्हा मेरो आत्माको प्रेमी
    तपाई बाहेक अरु छैन मेरो आत्माको प्रेमी
येशु तपाइलाई मेरो हृदयको सारा भक्ति
(उचालिनुहोस सबभन्दा माथी)-3

No comments:

Post a Comment