क्रुसको छाँया हाम्रो रात बनोस,
ख्रिष्टको माया हाम्रो दिन बनोस (२)
जहाँ छलकपट हुदैन जहाँ पाप अपराधले छुदैन (२)
यस्तै चाहनाले हाम्रो मन भरोस (२)
१) फुर्सत नहोस सोच्ने दुनिया भरका कुराहरु
नलागोस छातिमा घोच्ने पापधारे छुराहरु (२)
लर्खरीएका हाम्रा पाइलाहरुले बाटो, सत्य र जीवन रोजोस
अलमलिएका हाम्रा चाहनाहरुले साँचो ख्र्रिष्टिय जीवन मागोस
२) प्रवल बानोस हाम्रा हर इच्छा सत्यतामा
सवल बनोस सबै आकांक्षा भव्यतामा (२)
बिथोलिएका हाम्रा सपनाहरुले अमर अवशेष त्यो आत्मा रोजोस
निस्सासिइने हाम्रा जपनाहरुले सधै ख्रिष्टको शुभनाम भाकोस
(यस्तै चाहनाले हाम्रो मन भरोस) ४
No comments:
Post a Comment