Friday, June 19, 2020

Hamro Jiban belukako chhayama _ Christian Song

को.  हाम्रो जीवन बेलुकीको छाँयामा
     परेको खण्डहर भएको छ ।
     जहाँ सुन्यता छ खाली अति खाली छ
     केवल चिसो अवशेष रहेको छ ।

१.   अब नयाँ जीवनको अति नै खाँचो छ ।
     ख्रिष्टसँग परिवर्तनको साँचो छ । २
     कहिले नछुट्ने साथ मागौं
     कहिले नटुट्न विश्वास राखौं
     ख्रिष्टमा जिउनुको असिम आनन्द छ ।

२.   उड्ने चरीलाई हाँगा बिसौनी चाहिन्छ ।
     खोजेनुसार जीवनको सार पाईन्छ । २
     यो जीवन व्यर्थै नफालौं,दोमनमा व्यर्थै नभुलौं
     ख्रिष्टमा जीवनको अनन्त बाटो छ ।
   
     (यसैले ख्रिष्टको लागी म गाँउछु ।)


No comments:

Post a Comment