संसारले साँचो मुक्तिदाता पायो
ईश्वर पुत्र बालकरुपमा गोठैमा जन्मिए
स्वर्गबाट गोठालाले खबर पाए ...२
नाच्दै गाउदै खुशी मनाउ
यो खवर संसारै भरी सुनाउ ..२
मेरो मेरो भन्दा भन्दै मेरो छैन केही
जानुछ एकदिन सबैकुरा छोडी ..२
जन्मिए मुक्तिदाता जीवन दिनलाई
इम्मानुएल उहाँ हामिसँगै रहनलाई..२
स्वर्ग र पृथ्वीको भएको छ है मिलाप
ईश्वरले क्षमा गर्नुभो मानव जातीको पाप ...२
साँचो मुक्ती खोज्दै समय छैन घुम्ने
दिनपनी ढल्दैछ समय छैन भुलिने ..२
समय आज नै हो मुक्त्तिदातालाई भेट्ने
उहाँ माथि विश्वास गरेर जीवन जिउने ...२
स्वर्ग र पृथ्वीको भएको छ है मिलाप
ईश्वरले क्षमा गर्नुभो मानव जातीको पाप ...२
No comments:
Post a Comment