Saturday, July 20, 2019

yeshu ko chhati ma dhukdhukine

(येशुको छातीमा ढुकढुकीने, येशुको आँखैमा बसिरहने ) २
प्राण भन्दाप्यारो छ आफ्नो, रगतले किनेको साइनो
माया यो कु्रसको कहिले नमेटिने

(मण्डली हामी हौँ ख्रीष्ट येशुको
दुलही हामी हौँ ख्रीष्ट प्रभुको)२
सम्बन्ध गहिरिएको मन मुटु खिलिएको
प्रेमले उनको कहिले नटुट्ने यो

(ए नी ल है ) २ भयौँ भेला फेरी आज
नी ल है आए येशुहाम्रो माझ
(ए नी ल है ) २ गायौँगीत प्रेमको आज
नी ल है दिलको राजा येशु राजा

(शरीर हामीहौँ ख्रीष्ट येशुको
शिर हुनुहुन्छ वहाँ हाम्रो) २
आपसमा गाँसिएको जीवनले भरिएको
प्रभावले यसको संसारै ढाकिने भो

(ए नी ल है ) २ भयौँ भेला फेरी आज
नी ल है आए येशुहाम्रो माझ
(ए नी ल है ) २ गायौँगीत प्रेमको आज
नी ल है दिलको राजा येशु राजा

No comments:

Post a Comment