Tuesday, July 16, 2019

K sanga garu tulna tapaiko







के सँग गरु तुलना तपाईंको
सुन र चाँदी हिरा या मोती
के छ र यहाँ उत्तम तपाईंभन्दा
नाम र बैभव या सुन्दरता

छैन केही यहाँ तपाईंको दाजोमा आउने
छैन केही यहाँ तपाईंसँग दाज्न सुहाउने
येशु येशु तपाईंसँग दाज्न सुहाउने

तपाईंको सुन्दरताले मेरो ह्दय खिचेको छ
मेरो लागि जे बहुमुल्य थियो
तपाईं सामु सबै तुच्छ छ

हु हुहुहुहुहु हुहह..................

तपाईंको सुन्दरताले ब्रम्हाण्ड यो ढाकेको छ
तपाई सामु मेरो येशु सबै थोक बेमोल छ

छैन केही यहाँ तपाईंको दाजोमा आउने
छैन केही यहाँ तपाईंसँग दाज्न सुहाउने
येशु येशु तपाईंसँग दाज्न सुहाउने

तपाईको प्रेमको अघि सबै प्रेमले हारेको छ
तपाईको शक्ति अघि सबै शक्ति झुकेको छ
हु हुहुहुहुहु हुहह..................

तपाईको महिमाले सारा संसार ढाकेको छ
स्वर्ग अनि पृथ्विमा केवल तपाईकै राज्य छ
छैन केही यहाँ तपाईंको दाजोमा आउने
छैन केही यहाँ तपाईंसँग दाज्न सुहाउने
येशु येशु तपाईंसँग दाज्न सुहाउने

Video

1 comment: